Main News

सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी

२०८० जेठ १ गते १६:२२
सांसद रायमाझी पक्राउबारे सभामुखद्वारा सदनलाई जानकारी

१ जेठ २०८० काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा सदनलाई जानकारी गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख घिमिरेले आइतबार साँझ काठमाडौँ बुढानिलकण्ठबाट सांसद रायमाझी पक्राउ पर्नुभएको जानकारी गराउनुभयो ।

नक्कली शरणार्थी प्रकरणमा जोडिएका सांसद रायमाझी पक्राउ परेको विषयमा नेपाल प्रहरीले आजै सभामुखलाई जानकारी गराएको थियो । प्रहरीको पत्र लगत्तै सभामुख घिमिरेले सांसद रायमाझी पक्राउका बारेमा सदनलाई जानकारी गराउनुभएको हो । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को १ बमोजिम सदनलाई जानकारी गराउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *