Main News

मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी

२०८० जेठ १ गते १६:०५
मानव तस्करीमा उच्च राजनीतिक नेतृत्व संलग्न हुनु दुःखद् : सांसद केसी

१ जेठ २०८० काठमाडौं । सांसद चित्रबहादुर केसीले मानव तस्करीका घटनामा राजनीतिक दलका उच्च नेताहरु नै संलग्न हुनु दुःखद् भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले आफ्ना दाजुभाइ नै बिक्री गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा वर्तमान सरकार र गृहमन्त्रीले देखाएको सक्रियतालाई धन्यवाद दिँदै सांसद केसीले दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै कसर बाँकी राख्न नहुने उल्लेख गर्नुभयो ।

यस्तै सांसद राजेन्द्र बजगाईंले विकास निर्माणमा बजेट काटिएको भन्दै गुनासो गर्नुभयो । उहाँले गोरखाका विभिन्न आयोजनामा देखिएको बेथिति अन्त्य गर्न र विकास निर्माणको काम कारबाहीलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *