Main News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : फेरि अन्तर्राष्ट्रिय उडानविहीन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ३१ गते १७:०८
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  : फेरि अन्तर्राष्ट्रिय उडानविहीन (भिडियो रिपोर्टसहित)

३१ वैशाख २०८० रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुवेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो ।

योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । पुस ६ देखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक कारण देखाएर उडान रोकेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सक्छ । तर, अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीले उडानमा चासो देखाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *