Main News

पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई ४ दिनको म्याद थप

हिमालय टिभी
२०८० वैशाख ३१ गते १६:५१
पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई ४ दिनको म्याद थप

३१ वैशाख २०८० काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ।

काठमाडौं जिल्ला अदालतबाट आज १२ जनालाई अनुसन्धानका लागि ४ दिन म्याद थप भएको हो। पूर्वगृहमन्त्री खाण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलाल, गोविन्द चौधरी, रामशरण केसी, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई र सन्दीप रायमाझीलाई म्याद थप गरिएको हो ।

यही प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पनि प्रहरीले खोजिरहेको छ। रायमाझीका छोरा सन्दीप प्रहरीको हिरासतमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविन सुरु भएपछि जनस्तर तथा राजनीतिक दलकै तर्फबाट निष्पक्ष छानविन र दोषीमाथी कारबाहीको माग गर्दै सरकारलाई दबाब बढिरहेको छ।

यसैबीच, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

२०७० सालमा रामेछापबाट संविधान सभा सदस्य जितेका शेर्पा कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । शेर्पा शरणार्थी प्रकरणमा संलग्न केशव दुलाल र सानु भण्डारीसँग साँठगाँठ रहेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ । पक्राउ पुर्जी जारी भएलगतै शेर्पालाई प्रहरीले खोजिरहेको छ ।

यसैगरी, प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । थापा पूर्वगृहमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *