Main News

कांग्रेस पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी

हिमालय टिभी
२०८० वैशाख ३१ गते १४:३१
कांग्रेस पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी

३१ वैशाख २०८० काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ ।

२०७० सालमा रामेछापबाट संविधान सभा सदस्य जितेका शेर्पा कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् । शेर्पा शरणार्थी प्रकरणमा संलग्न केशव दुलाल र सानु भण्डारीसँग साँठगाँठ रहेको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।

पक्राउ पुर्जी जारी भएलगतै शेर्पालाई प्रहरीले खोजिरहेको छ । शेर्पाले दुलाल र भण्डारीलाई हिरासतमै गएर भेटेको पनि बताइएको छ । आङटावाले मोरङ घर भएका दुलाललाई प्रहरी वृत्त कालीमाटी र ललितपुर घर भएका सानु भण्डारीलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा पुगेर भेटेका हुन् ।

भेटमा शेर्पाले आरोपीहरूलाई बयान गर्दा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम नलिन आग्रह गरेको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले बालकृष्ण खाँणलाई वैशाख २७ मा पक्राउ गरेको थियो भने सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् । खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि सो प्रकरणमा थुनामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *