Main News

भ्रष्टाचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन र धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ३० गते १३:५२
भ्रष्टाचारीमाथि कारबाहीको माग गर्दै प्रदर्शन र धर्ना (भिडियो रिपोर्टसहित)

३० वैशाख २०८० काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहका सदस्यहरु एक पछि अर्को पक्राउ परेपछि नागरिकस्तरबाट स्वतस्फूर्त रुपमा भ्रष्टाचारविरोधी आन्दोलन भैरहेका छन् ।

अनुसन्धानमा कतैबाट, कुनै पनि दबाब र प्रभावमा नपर्न भन्दै खबरदारी दिनहुँ भैरहेका छन् । दोषीलाई कारबाहीको माग गर्दै आज पनि विभिन्न स्थानमा प्रदर्शन भएको छ ।

काठमाडौको माइतीघर मण्डलामा भ्रष्ट, नालायकहरुविरुद्ध सबै एकजुट हुने दिन आयो भन्दै प्रदर्शन भएको छ । पार्टी, संस्था, वादलाई आफैसित राखेर राष्ट्रका लागि उत्रने बेला आयो भन्दै प्रदर्शन भएको हो ।

प्रदर्शनमा चिकित्सा शिक्षा सुधारका अभियान्ता गोविन्द केसी, भ्रष्टाचार विरोधी अभियन्ता केदार खड्कालगायत विभिन्न दलका नेताको सहभागिता रहेको थियो । प्रदर्शनमा सहभागीहरुले भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विभिन्न पम्प्लेटहरु बोकेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *