गण्डकी प्रदेश सरकार विस्तार, मन्त्रीहरुले लिए सपथ, अटाएनन् मनाङे
![गण्डकी प्रदेश सरकार विस्तार, मन्त्रीहरुले लिए सपथ, अटाएनन् मनाङे](https://www.himalayatv.com/wp-content/uploads/2023/05/gandaki-mantri.jpg)
्२९ वैशाख २०८० कास्की । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ ।
नवनियुक्त ४ मन्त्रीले गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनियताको शपथ लिएका छन । कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा र तनहुँका जीतप्रकाश आले र माओवादीबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री नियुक्त हुनुभएको हो ।
जिसीले कृषि तथा भूमि व्यवस्था, जुग्जालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, आलेले आर्थिक मामिला र थापाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
१५ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको शपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त हुनुभएको थियो । अर्याललाई उर्जा जलस्रोत तथा खानेपानी र सिंखडाले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि केन्द्रीय सत्तागठबन्धनले एकीकृत समाजवादीका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङलाई पनि मन्त्री बनाउन दबाब दिए पनि अन्तिममा नाम हटाइएको थियो । मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डेले मन्त्री नबनाउनु भएको हो ।
वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट गत वैशाख १४ गते पाण्डे मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
प्रतिक्रिया