Main News
इलाममा पुरिएर चार मजदुरको मृत्यु
२०८० वैशाख २२ गते २०:४१
२१ वैशाख २०८० काठमाडौं । इलामको सुर्योदयनगरपालिका १० फिक्कल बजार नजिकै घर बनाउने क्रममा पुरिएर ४ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
शुक्रबार अपराह्न घरको जग खन्दै गर्दा ढिस्को झरेर पुरिएका ४ जनाकै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी बर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र बर्ष १९ का मैजफर आलम रहेको इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।
स्थानीय बिनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खस्दा उनीहरू पुरिएका थिए । जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए । मृतकहरूलाई फिक्कल अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया