Main News

संखुवासभामा हेलिकप्टर दुर्घटना : एकको मृत्यु, चार जना घाइते

हिमालय टिभी
२०८० वैशाख २२ गते १७:३५
संखुवासभामा हेलिकप्टर दुर्घटना : एकको मृत्यु, चार जना घाइते

२१ वैशाख २०८० काठमाडौं : संखुवासभाको भोटखोला ४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

आज दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका ४ हटियाको सिक्प्रुङको हम्मरे डाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय भविन गुरुङको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइतेमध्ये विक्रमको जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याइएको बास्तोलाले बताउनुभयो। क्याप्टेन पौडेल, को–पाइलट भोटे, सहयोगी थापालाई घटनास्थलबाटै उद्धार गरेर थप उपचारका लागि काठमाडौं ल्याइएको छ । हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजना १०६१ मेगावाटको सामग्री बोकेर उडेको हेलिकोप्टर भिरमा ठोक्किएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *