Main News

सचिव टेकनारायण पाण्डे ३ दिनको हिरासतमा, अख्तियार प्रमुख राई पनि तानिए

हिमालय टिभी
२०८० वैशाख २० गते २०:५३
सचिव टेकनारायण पाण्डे ३ दिनको हिरासतमा, अख्तियार प्रमुख राई पनि तानिए

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतले ठगी र संगठित अपराध सम्बन्धी कसूरमा अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । पक्राउ पूर्जी जारी भएपछि पाण्डे आजै प्रहरी परिसर टेकु हाजिर भएका थिए । उपराष्ट्रपति कार्यालयमा सचिव रहेका पाण्डे बालकृष्ण खाण गृहमन्त्री रहँदा गृहसचिव हुनुन्छ ।

पाण्डेलाई रामबहादुर थापा गृहमन्त्रीबाट हटेपछि गृहमन्त्री बनेका खाणले गृह सचिव बनाउनु भएको थियो । नक्कली भुटानी शरणर्थी बनाएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले हिजै उनको निवासबाट पक्राउ गरेको थियो । तत्कालीन सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा दुबैको संलग्नता विभिन्न कारणले छुटेका भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ । यता यही प्रकरणमा नेकपा एमालेका सचिव तथा पूर्वउप(प्रधानमन्त्री टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट आजै रायमाझी सहित उनका छोरा सन्दीप तथा एमाले उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्धसमेत पक्राउ पूर्जी लिएको हो । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई विरुद्ध पनि छानबिन अघि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *