Main News

सुन लुट्ने उद्देश्यले निराको हत्या भएको प्रहरीको दाबी, हत्यामा संलग्न सार्वजनिक

हिमालय टिभी
२०८० वैशाख १७ गते १६:४५
सुन लुट्ने उद्देश्यले निराको हत्या भएको प्रहरीको दाबी, हत्यामा संलग्न सार्वजनिक

१७ वैशाख २०८० काठमाडौं । प्रहरीले काठमाडौंको कपन, सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आज आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताउनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा हिजो झापाबाट पक्राउ परेका विनोद विकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । वैशाख ७ गते विकले निराको हत्यापछि सिक्री र पसलको काउन्टरमा भएको ११(१२ हजार रुपैयाँ लुटपाट गरेको एसएसपी आचार्यले जानकारी दिनुभयो ।

विकले लुटेको सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

निराको परिवारसँग यसअघि विकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *