Main News

वीर अस्पतालको छतको वाल भत्किँदा चार जना घाइते

हिमालय टिभी
२०८० वैशाख १७ गते १६:४२
वीर अस्पतालको छतको वाल भत्किँदा चार जना घाइते

१७ वैशाख २०८० काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना बिरामी कुरुवा घाइते भएका छन् ।

छतको पर्खाल खसेर बिरामी कुरेर बसेका अंशु चौधरी, धर्मेश्वर पन्थी, श्यामा देवी र रीना झा चौधरी घाइते हुनुभएको हो । घाइते सबैको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

घाइते सबैको अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले जानकारी दिनुभयो । लगातार बर्षाको कारण २०३६ सालमा बनेको भवन भत्किएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *