Main News

निरा आचार्य हत्याको अझै खुलेन रहस्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १६ गते २०:४०
निरा आचार्य हत्याको अझै खुलेन रहस्य (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०८० काठमाडौं । काठमाडौं सरस्वती नगरमा १० दिनअघि एक महिलाको हत्यामा प्रहरीले कुनै सुराक पाउन सकेको छैन । मातातिर्थ औंशीको दिन मानिसको आवत–जावत बाक्लै थियो, यही दिन नीरा पाण्डेको चक्कु प्रहार गरेर हत्या भएको थियो ।

घटनाको दश दिनमा पनि प्रहरी अपराधि नजिक पुग्न सकेको छैन । बरु, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा घटनाको छानविन गर्न समिति बनाइएको छ । प्रहरीको अर्कमण्यतालाई प्रश्न उठाउँदै स्थानीय आन्दोलित बनेका छन् ।

बाक्लो बस्ती रहेको कपन सरस्वती नगरमा बैशाख ७ गते भाँडा पसले नीरा पाण्डेको हत्या भयो । हत्याराले चक्कु प्रहार गरेर पाण्डेको हत्या गरे । हत्या भएको दश दिन वितिसकेको छ । तर, प्रहरीले हत्यारासम्म पुग्ने बाटो नै पत्ता लगाउन सकेका छैनन् । काठमाडौंको व्यस्त बजार सरस्वती नगरमा भएको यो हत्यामा प्रहरी अनुसन्धान किन अलमलियो ?

चक्रपथबाट दुई सय मिटरको दुरीमा नीरा पाण्डेको भाडा पसल छ । यहाँ मानिसको आवत–जावत बाक्लै हुने गर्छ । पाण्डेको भाडा पसल आसपास अरु थुप्रै पसलहरु छन् ।

यो पसलभित्र भएको हत्याबारे वरिपरिका कसैले थाहा नै पाएनन् । न त आसपासका सीसीटीभीमा नै हत्यामा संलग्नको तस्वीर कैद भएको छ । पसलमा आउने ग्राहकले रगताम्य भएर ढलेको शरिर देखेपछिमात्र प्रहरीलाई खबर गरिएको थियो । प्रहरी अपराधि नजिक पुग्ने प्रयासमा छ । घटनाको मुख्य सुराक नपाउँदा प्रहरीले अतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको नेतृत्वमा सात सदस्यीय छानविन समिति बनाएको छ । तर, सरस्वती नगरका स्थानीय समितिसँग पनि आश्वस्त देखिएका छैनन् ।

हत्याको प्रकृति हेर्दा स्थानीयले मन थाम्न सकेका छैनन । चक्कुले शरीरका दर्जनौँ ठाउँमा छियाछिया हुने गरी घोचेर हत्या गरिएको घटनाले छिमेकी अझै त्रसित छन् । पेशेवर अपराधी बाहेक त्यसरी शरीर छियाछिया हुने गरि चक्कु प्रहार अरुले गर्न नसक्ने स्थानीय बताउँँछन् र प्रहरी अनुसन्धाननै फितलो भएको मान्छन् ।

यता प्रहरीले सबै कोणबाट अनुसन्धान जारी रहेको बताइरहँदा पनि अपराधको साँघुरो घेरातर्फ अझै जान सकेको देखिँदैन। बागलुङ घर भएकी नीरा त्यहाँ झन्डै दशकदेखि भाडामा भाँडा पसल गर्दै आएकी थिइन। उनको श्रीमानको ६० मिटर दुरमा विद्युतीय सामग्रीको पसल छ। उनी पसलमा हुदा श्रीमतीको हत्या भएको थियो । उनले त्यसको सइको समेत पाउन सकेनन । अनुसन्धानमा जुटेको भनिएका प्रहरीले ओठे जवाफ फर्काउने गरेको भन्दै आफन्त चिन्तित छन् ।

नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो । त्यसमा पनि भएका घटनाको समेत प्रभावकारी अनुसन्धान हुन नसके अपराधीले उन्मुक्ति मात्रै पाउने छैनन् सुरक्षाको प्रत्याभूति गराउन नसकेको भन्दै सुरक्षा संयन्त्रमाथि नागरिकको भरोसासमेत टुट्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *