Main News

संसदको हिउँदे अधिवेशनमा के के भयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १६ गते २०:२८
संसदको हिउँदे अधिवेशनमा के के भयो ? (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०८० काठमाडौं । कानून बनाउने मुख्य जिम्मेवारी पूरा गर्न नसकेको संसदको हिउँदे अधिवेशन शुक्रबार मध्यरातबाट अन्त्य भएको छ ।

पुस २५ गतेबाट सुरु भएको प्रतिनिधिसभाको २८ वटा बैठक बस्यो । तर, एउटा पनि विधेयक पारित गर्न नसकेको संसद सांसदको मनको वह पोख्नै मात्र केन्द्रित रह्यो । हिउँदे अधिवेशनमा के(के भयो त ?

कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शुक्रबार मध्यरात १२ बजेबाट संसद अधिवेशन अन्त्य हुने पत्र पठाएपछि सभामुखले अधिवेशन अन्त्यको सूचना सुनाउनुभयो ।

२०७९ पुस २५ गतेबाट शुरु भएको पहिलो संसद अधिवेशन बैशाख १५ सम्म चल्यो । यो अधिवेशनमा २८ दिनमा २८ पटक बैठक बस्दा ९२ घण्टा ३० मिनेट संसदीय कामकारवाहीमा व्यतित भयो । मूलत यो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख निर्वाचित गर्यो । तर, महत्वपूर्ण विधेयकको टुंगो लगाउन भने असफल रह्यो ।

यो अधिवेशनले के के गर्यो ?
–प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुस २६ र चैत ६ गते दुईपटक विश्वासको मत ।
–माघ ५ गते सभामुखमा देवराज घिमिरे र माघ ७ मा उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित
–चैत १९ गते प्रतिनिधिसभा नियमावली २०७९ बहुमतबाट पारित
–वैशाख १५ गते संसदीय समिति गठन
–३ वटा विधेयक दर्ता तर, कुनै पारित भएन

पारित हुन नसकेका विधेयक
–बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक
–संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक
–सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९
–राष्ट्रियसभाबाट प्रतिनिधिसभामा प्राप्त भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक,२०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० विधेयक,२०७६

संवैधानिक परिषद्सम्बन्धी विधेयक यो अधिवेशनबाटै पारित गर्ने राजनीतिक दलहरुबीच सहमति बनेपनि अन्तिम बैठकमा कार्यसूचीमै परेन । त्यस्तै, यही अधिवेशनमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन र सम्पत्ति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि ऐनलाई संशोधन गर्न बनेको विधेयक अघि बढ्न सकेन । न त संसदमा सांसदले शून्य र विशेष समयमा उठाएका विषय नै सम्बोधन भयो । सरकारले आफुहरुले उठाएको कुरा नसुनेको भन्दै सांसदहरुले असन्तुष्टि पोखिरहे ।

अबको अधिवेशन बजेट अधिवेशन हुनेछ । तर, अधिवेशन कहिले आव्हान हुन्छ टुंगो छैन । उसो त जेठ १५ मा बजेट भाषण हुने भएकाले केही समयमै बजेट अधिवेशन आव्हान हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *