Main News

हिमानीको ट्विटबारे ओली चिप्लिँदा विवाद (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १६ गते २०:१९
हिमानीको ट्विटबारे ओली चिप्लिँदा विवाद (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०८० काठमाडौं । पूर्वराज परिवारलाई मुछ्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको एउटा सार्वजनिक अभिव्यक्ति अहिले विवादीत बनेकोछ ।

हिमानी शाह नामक ट्वीटर अकाउन्टबाट भएको एउटा ट्वीटप्रति ओलीले वैशाख १४ आक्रोश पोख्नुभएको थियो । ओलीको यो आक्रोशलाई पूर्वराज परिवार र राजसंस्था पुनःस्थापनाको मुद्दा बोक्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । उक्त ट्वीटर अकाउन्ट आधिकारीक नभएको पूर्वराज परिवारले विज्ञप्तीमार्फत् जानकारी गराएको छ ।

हिमानी शाह नामक ट्वीट एकाउन्टबाट भएको एउटा पोस्टलाई लिएर वैशाख १४ गते एमाले अध्यक्ष केपी शर्मा ओली पूर्वराज परिवारमाथी खनिनुभयो । उक्त एकाउन्टबाट ‘झापामा केपी ओलीको गाडीमाथि ढुंगामुडा गर्दै जनताले कालो झण्डा देखाएछन्’ भन्दै पोस्ट गरेपछि ओलीले प्रतिक्रिया दिनुभएको हो । वैशाख १४ गते ईलाममा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूमाथि भएको आग्रमणको लहरो कहाँ(कहाँ छ भनेर प्रकट भइहाल्छ भन्दै उक्त घटनामा पूर्वराज परिवारलाई मुछ्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले गरेको यो टिप्णीप्रति पूर्वराज परिवारले भने आपत्ति जनाएको छ । ओलीको अभिव्यक्ति आएको भोलिपल्ट वैशाख १४ गते राजपरिवारको संवाद सचिवालयले एक सूचना जारी गर्दै उक्त ट्वीटर अकाउन्ट हिमानीको नभएको बतायो । फेक अकान्टको भरमा ओलीले टिप्पणी गरेको पूर्वराज परिवारको भनाइ छ । यसअघि २०७८ मंसिर २३ गते नै उक्त ट्वीटर अकाउन्ट पूर्वराजा परिवारको नभएको स्पष्ट पारिसकेको सूचनामा उल्लेख छ ।

सामाजिक सञ्जालमा समकालीन नेतामध्ये सबैभन्दा सक्रिय रहने ओली फेक अकाउन्टको भरमा टिप्पणी गर्दा ट्रोल बन्नुभएकोछ । उक्त अकाउन्ट आधिकारक हो होइन रु भन्ने स्पष्ट नभइ ओलीले गरेको टिप्पणीलाई धेरैले चासोका साथ हेरेका छन् । अझ राजसंस्था पुनःस्थापनाको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रतिसोध साँध्न खोजेको बताएको छ । पछिल्लो समय राजाको बढ्दो सक्रियता र नागरिकको आकर्षणबाट दलहरु डराएका र त्यसैको उपज ओलीको टिप्पणी भएको राप्रपा नेता बताउँछन् ।

पूर्वाराज परिवारले २०७८ मंसिर २३ गते र यहि वैशाख १४ गते दुई पटक उक्त ट्वीटर अकाउन्ट राजा परिवारबाट संचालित नै नभएको भन्नेको छ । तर, उक्त अकाउन्टका विषयमा छानविन गर्न नियामक निकायमा उजुरी नै दिएको छैन् ।

यही आधारमा धेरैले यो पूर्वराजा परिवारबाटै संचालीत हो भन्ने आरोप लगाएका छन् । न त एमाले अध्यक्ष ओलीले नै छानविन गर्न उजुरी दिनुभएको छ । हुन पनि यतिका धेरै टिका–टिप्पणी हुँदा पनि कानूनी उपचार नखोजीनुले कतै उक्त ट्वीटर अकाउन्ट पूर्वराजा परिवार स्वयमले त चलायको छैन भन्ने प्रश्न उब्जाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *