Main News

रारा तालमा साइकल लेन र पदमार्ग निर्माणको काम अलपत्र (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १६ गते १४:०५
रारा तालमा साइकल लेन र पदमार्ग निर्माणको काम अलपत्र  (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०८० मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र रारा तालमा निर्माण हुने रारा पर्यटकीय पूर्वधार निर्माण आयोजनाको काम अलपत्र परेको छ ।

निर्माणको जिम्मा लिएको निर्माण कम्पनीको लापर्वाहीले ३ वर्षदेखि रारा पर्यटकीय पूर्वधार निर्माण साईकल लेन, पर्यटकीय पदमार्ग आयोजनाको काम अलपत्र परेको हो ।

पछिल्लो समय रारा ताल घुम्न जाने पर्यटकको संख्या बढ्दो छ । आन्तरिक पर्यटककै कारण राराको पर्यटन व्यवसाय चलायमान बनेको छ ।

पर्यटकको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै सरकारले पदमार्ग र साइकल लेन निर्माणका लागि बजेट समेत विनियोजन गरेको थियो । वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७८–७९ मा ४६ करोड ४२ लाखमा खानी थोदुङ क्याराभान कन्स्ट्रक्सन प्रालिलाई ठेक्का समेत दियो । तर, ठेकेदार कम्पनीका मालिकचन्द्र थकाली आठ करोड पेश्की लिएर गायब छन् । निर्माण कार्य अलपत्र परेको छ ।

ताल वरिपरी १४ किलोमिटरको साइकल ट्र्याक र पदमार्ग निर्माण गर्ने योजना बनाइएको थियो । तर, तीन वर्षदेखि काम अलपत्र छ । इँटा, गिटीलगायत निर्माण सामग्री छरपस्ट छन् । कामदारले पारिश्रमिक पाएका छैनन् ।

राराको विकासका लागि संघ र प्रदेशका योजनाहरु बारम्बार आउने गरेका छन् । तर, स्थानीय तहसँग समन्वय नहुँदा धेरै योजनाको बजेट फ्रिज हुने गरेको छ ।

नेपालकै सबैभन्दा ठूलो ताल रारा सुन्दर भए पनि योजनाहरु अलपत्र हुँदा अपेक्षा गरे अनुसार पर्यटक आगमन हुन सकेको छैन । तिनै तहका सरकारले राराको विकासका योजना समयमा सम्पन्न गर्न सम्बन्धित पक्षलाई दबाब दिएमा रारालगायत समग्र जिल्लाले फाइदा लिन सक्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *