Main News

कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक लिए विश्वासको मत

हिमालय टिभी
२०८० वैशाख १५ गते १८:२२
कर्णालीका मुख्यमन्त्रीले तेस्रो पटक लिए विश्वासको मत

१५ वैशाख २०८० सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक पनि विश्वासको मत पाउनु भएको छ ।

प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिने क्रममा मतदान गर्ने ३९ सदस्यमध्ये शर्माको पक्षमा २९ र विपक्षमा १० मत परेको छ। शर्माको पक्षमा नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक(एक जना सांसदले मत दिएका हुन ।

नेकपा एमालेका ९ र राप्रपाका एकजना सांसदले विपक्षमा मतदान गरेका छन् । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनुभएको हो ।

यसअघि पहिलो पटक शर्माले माघ ६ मा विश्वासको मत लिनु भएको थियो । त्यो बेला एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गर्नुभएको थियो भने कांग्रेसले विपक्षमा भोट हालेको थियो । राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले चैत १७ गते दोस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

त्यस बेला राप्रपा बाहेकका सबै दलले समर्थन गरेका थिए । तर, राष्ट्रिय राजनीतिकको समीकरण अनुसार कांग्रेस–माओवादीको सरकार बन्ने भएपछि २७ चैत एमालेले समर्थन फिर्ता लिएको थियो । पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *