Main News

सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छः रवि लामिछाने

हिमालय टिभी
२०८० वैशाख १५ गते १३:३६
सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना छः रवि लामिछाने

१५ वैशाख २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको छ ।

सभापति लामिछानेले आज सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताउनुभएको हो ।

उहाँले आफूहरुलाई भ्रष्टाचार अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचार अन्त्य गर्ने विषय सरकारले न्युनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको बताउनु भयो । उहाँले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भिर समिक्षा गरेर मात्रै अगाडी बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भएपनि सरकारलाई दिएको समर्थनबारे पुनःमूल्यांकन गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

आज सभामुख देवराज घिमिरेले चितवन २ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनियताको शपथ खुवाउनुुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *