Main News

सहज इन्धन आपुर्तिका लागि भारतसँग छलफल गर्छुः मन्त्री रिजाल

हिमालय टिभी
२०८० वैशाख १२ गते १८:१५
सहज इन्धन आपुर्तिका लागि भारतसँग छलफल गर्छुः मन्त्री रिजाल

१२ वैशाख २०८० काठमाडौं । पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पूर्वाधार विकास गर्न नेपाल(भारतबीच थप छलफल हुने भएको छ ।

पेट्रोलियम पाइपलाइनको विस्तार र प्राकृतिक ग्यास उत्पादनलाई सहज बनाउनेबारे नेपाल भारतबीच संयुक्त कार्यका लागि सरकारले तयारी थालेको हो ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका प्रतिनिधिसँगको भेटपछि उद्योगमन्त्री रमेश रिजालले नेपालमा पेट्रोलियम पदार्थको सहज आपुर्तिका लागि भारतसँग प्राविधिक सहयोग लिइने जानकारी दिनुभयो ।

भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका सहसचिव ईसा श्रीवास्तवको टोलीले मन्त्री रिजालसँग छलफल गरेको हो । पेट्रोलियम तथा ग्यास सम्बन्धी नेपाल भारत संयुक्त कार्य समूहको चौथो बैठकपछि भारतीय प्रतिनिधिमण्डलले मन्त्री रिजालसँग छलफल गरेको हो ।

नेपालको तर्फबाट उद्योग मन्त्रालयकी सहसचिव राधिका अर्यालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *