Main News
ढाका कुमार श्रेष्ठको सांसद पद रिक्त
२०८० वैशाख १२ गते १६:०९

१२ वैशाख २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले कारबाहीमा परेका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।
सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको प्रतिनिधिसभा बैठकमा जानकारी दिनुभएको हो ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको आरोपमा रास्वपाले श्रेष्ठलाई सांसदसहित पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
समानुपातिक कोटामा सांसद भएका श्रेष्ठको ठाउँमा रास्वपाले विन्दवासिनी कंशाकारलाई सांसद बनाउने निर्णय गरेको छ ।
सभामुखले संसदमा जानकारी गराएपछि निर्वाचन आयोगले कंशाकारलाई सांसद नियुक्त गर्ने प्रक्रिया शुरु गर्नेछ ।
प्रतिक्रिया