Main News

चितवन–२ मा रवि लामिछानेको अग्रता

हिमालय टिभी
२०८० वैशाख ११ गते १६:२१
चितवन–२ मा रवि लामिछानेको अग्रता

११ वैशाख २०८० चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रता कायम गरेका छन् ।

पछिल्लो नतिजाअनुसार रास्वपाका सभापति रवि लामिछानेले १४९२ मतसहित अग्रता कायम गर्नु भएको छ । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ११३३ मतसहित लामिछानेलाई पछ्याइरहनु भएको छ । नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत प्राप्त गर्नु भएको छ ।

यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *