Main News

चितवनमा मतगणनामा एमालेको शुरुवाती अग्रता

हिमालय टिभी
२०८० वैशाख ११ गते १५:१५
चितवनमा मतगणनामा एमालेको शुरुवाती अग्रता

११ वैशाख २०८० चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । इच्छाकामना गाउँपालिकाको मतगणनामा नेकपा एमालेले शुरुवाती अग्रता कायम गरेको छ।

इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को मतपत्र मिसाएर गणना सुरु गरिएको हो । पछिल्लो नतिजाअनुसार नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत प्राप्त गरेर अग्रता कायम गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४४ मत प्राप्त गर्नु भएको छ ।

यस क्षेत्रमा ७८ हजार दुई सय ७७ मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९७ जना मतदाता रहेका थिए । सोमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *