Main News

उपनिर्वाचन : सकियो मतदान, आजै गणनाको तयारी

हिमालय टिभी
२०८० वैशाख १० गते १७:३०
उपनिर्वाचन : सकियो मतदान, आजै गणनाको तयारी

१० वैशाख २०८० काठमाडौं । उपनिर्वाचनका लागि मतदानका लागि तोकिएको समय सकिएको छ ।

निर्वाचन आयोगले दिएको दिउँसो साढे ४ बजेसम्मको तथ्यांक अनुसार बारा–२ मा ५०, चितवन–२ मा ५४ र तनहुँ–१ मा ४८ प्रतिशत मत खसेको छ । तीनवटै निर्वाचन क्षेत्रमा मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

तनहुँ–१ मा गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन गरिएको हो । बारा –२ मा प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचनका लागि मतदान भएको हो ।

चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार मतदान सकिएलगत्तै मतपेटिकाहरू संकलन गरेर भरतपुर ल्याइने छ । तनहुँ र बारामा पनि आजै बेलुकादेखि मतगणना सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *