फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

८ वैशाख २०८० काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ।
न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले गत सोमबार दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो।
संघीय सरकारले आफूले राखेको माग पूरा नगरेकोभन्दै महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरवार, वालुवाटार र शीतलनिवासको फोहोर नउठाउन फोहोर संकलन गर्ने कम्पनीलाई निर्देशन दिनुभएको थियो ।
यहाँको निर्देशनपछि ८ दिनदेखि फोहोर संकलन भएको छैन । काठमाडौंको सुकुम्बासी बस्ती हटाउन गृहमन्त्रालय र स्थानीय प्रशासनले सहयोग नगरेको भन्दै प्रमुख शाह आक्रोशित हुदै आउनुभएको छ । फोहोर नउठाउने निर्णयविरुद्ध मन्त्रिपरिषद् बैठकले उहाँलाई सचेत गराएको थियो ।
प्रतिक्रिया