Main News

९ दिनदेखि उठेन सिंहदरबारको फोहोर, पुतली बगैँचामा थुपारिँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ५ गते २०:५१
९ दिनदेखि उठेन सिंहदरबारको फोहोर, पुतली बगैँचामा थुपारिँदै (भिडियो रिपोर्टसहित)

५ वैशाख २०८० काठमाडौं । संघ र काठमाडौं महानगरपालिकाबीचको द्वन्द्वका कारण सिंहदरवारको फोहोर ९ दिनदेखि उठ्न सकेको छैन ।

महानगर प्रमुख बालेन्द्र शाहले गत चैत्र २६ गते समाजिक सञ्जालमार्फत् सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने बताउनुभएको थियो । त्यसअघि दिनहुँ उठ्दै आएको फोहोर अहिले संकलन गरेर पुतली बंगैचामा राखिएको छ । जहाँ दिनानु दिन फोहोर थुप्रदैं जानथालेको छ ।

सिंहदरबारको फोहोर उठाउने जिम्ममा परिवर्तन सेवा प्रा।लीलाई छ । यहि संस्थाले प्रत्येक दिन सिंहदरबारका कार्यालय र चमेना गृहबाट निष्कने फोहोर व्यवस्थापन गर्दै आएको थियो । तर, काठमाडौं महानगरका प्रमुख शाहको निर्देशनपछि फोहोर उठ्न सकेको छैन । अहिले रेडियो नेपालको कार्यालयसँगै रहेको पुतली बंगैचामा फोहोर थुपारिने गरिएकोछ ।

चैत २६ गतेदेखि सिंहदरबारको फोहोर उठ्न छाडेपछि सफाई कर्मचारीले कुहिने फोहोरलाई खाल्डोमा पुर्न थालेका छन् । कुहिने फोहोरले दुर्गन्ध फैलन थालेपछि पुतली बगैंचामा खाल्डो बनाएर पुर्न थालिएको हो ।

महानगरले फोहोर नउठाउन भने पनि परिर्वतन सेवा प्रा।लीले फोहोर लैजाने प्रयास गरेको थियो । तर, महानगरले यहाँको फोहोर उठाए कम्पनीको अनुमति पत्र नै खारेज गर्ने अभिव्यक्ति दिएपछि फोहोर थुप्रएको छ ।

महानगर प्रमुख शाहले सामाजिक सञ्जालमै १४ बुँदे माग अघि सार्दै फोहोर नउठाउने अडान कायमै राख्नुभएको छ । यसरी आफ्ना मागलाई सम्बोधन गराउन फोहोरलाई हतियार बनाउने महानगरको कदमलाई कतिपयले रुचाएका छैनन् । महानगर र सिंहदरबारले आपसी समझदारीमा यसलाई टुंग्याउनुपर्ने आवाज उठ्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *