Main News

मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख ५ गते १७:५१
मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी (भिडियो रिपोर्टसहित)

५ वैशाख २०८० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आन्दोलनरत मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे सडक संघर्षमा जाने चेतावनी दिएको छ ।

प्रतिनिधिसभा बैठकमा आज आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडितको माग पूरा सरकारले पूरा नगरे आन्दोनामा जाने चेतावनी दिनुभएको हो ।

अध्यक्ष लिङ्देनले काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भर्त्सना गर्नुभयो । उहाँले गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार भएका बेला गरिब र निमुखाहरुमाथि बर्बर आक्रमण हुनु दुखद रहेको बताउनुभयो ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि गरिएको दमनबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदमा आएर मिटरब्याज पीडित र लघुवित्त पीडितहरुमाथि प्रहरीले लाठी प्रहारसहितको दमन गर्नुको कारणबारे जवाफ दिनुपर्ने बताउनुभयो ।

सांसद सुवालले पीडित जनताको माग सम्बोधन गर्न सरकार गम्भिर नभएको पनि दोहोर्‍याउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *