Main News

ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोटमा

हिमालय टिभी
२०८० वैशाख ४ गते १०:३७
ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोटमा

४ वैशाख २०८० भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।

आज बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुग्नुभएको हो । अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने वषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओली निवास बालकोटमा जानुभएको हो ।

साथमा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुग्नुभएको छ ।

विगत केही दिनदेखि संवैधानिक परिषद्सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ ।

आइतबार बिहान सभामुखले बालकोटमा बैठक बोलाए पनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *