Main News

गण्डकी प्रदेशमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने

हिमालय टिभी
२०८० वैशाख ३ गते १३:५०
गण्डकी प्रदेशमा माओवादी र कांग्रेसले आलोपालो सरकार चलाउने

३ वैशाख २०८० काठमाडौं । गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आलोपालो गर्ने गरी सहमति भएको छ ।

नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा सत्तारुढ गठबन्धनबीच आलोपालोको सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस महामन्त्री गगन थापा, माओवादी प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।

आज कांग्रेस नेता रमेश लेखक, कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका संसदीय दलका नेता हरि बहादुर चुमानसहितका नेताहरुबीच छलफल भएको थियो । प्रदेशको नेतृत्व कसले गर्ने टुङ्गो नलागे पनि पहिलो पटक मुख्यमन्त्री माओवादीले पाउने सैद्धान्तिक सहमति भएको छ ।

वैशाख ११ गते नयाँ सरकार बन्ने दाबीसमेत गरिएको छ । माओवादी केन्द्रले चैत १० गते सरकार छाड्दै गण्डकी प्रदेश सरकारको विश्वासको मत फिर्ता लिएको थियो । गण्डकी प्रदेशमा कांग्रेसका २७, माओवादी केन्द्र आठ (सभामुख सहित) र नेकपा एकीकृत समाजवादी एक गरी ३५ जना सांसद रहेका र सरकार बनाउन स्पष्ट बहुमत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *