Main News

मोरङको रंगेलीमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते

हिमालय टिभी
२०८० वैशाख २ गते १७:२६
मोरङको रंगेलीमा भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, १५ जना घाइते

२ वैशाख २०८० मोरङ । मोरङको रंगेली–३ आमतोलामा आज अपरान्ह ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

घटनामा १५ जना घाइते भएका छन्।मोरङ प्रहरीका अनुसार दुर्घटनामा परी मोरङको ग्रामथान गाउँपालिका – ५ की ६० वर्षीया वैशाखी चौधरी र सोही ठाउँकी २५ वर्षीया रीता कुमारी माझीको मृत्यु भएको हो।

वैशाखी कुमारीको घटनास्थलमै र रीताको विराटनगरस्थित गोल्डेन अस्पताल आज दिउँसो ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेको रंगेली अस्पतालमा उपचार भइरहेको छ। तेतरिया आमतोला भित्री सडकखण्ड हुँदै पूर्वतर्फ गइरहेको प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भए दुर्घटना भएको थियो ।

दुर्घटनामा मोरङको ग्रामथान दुर्घटनालगत्तै ट्याक्टर चालक ग्रामथान ५ का अन्दाजी ३१ वर्षीय बालक माझी फरार बनेका छन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । रंगेलीमा रहेको सन्सारीमाई मन्दिरमा पूजाका लागि तेतरियाबाट हिँडेकाहरु सवार ट्याक्टर दुर्घटनामा परेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *