को को छन् रास्वपाको कोर टिममा ? (भिडियो रिपोर्टसहित)
२९ चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले अडियो टेप प्रकरणलाई लिएर विवाद देखिएको छ । त्यही अडियो प्रकरणपछि रास्वपाभित्रको कोर टिम को हो ? भन्ने खोजी शुरु भएको छ ।
यो आवाज राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको हो । श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँगको संवादमा आफू स्वास्थ्य मन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउनका दुई करोड रकम चाहिएको अडिओमा भनेका छन्।
रास्वपाकै सांसदले आर्थिक लेनदेनको विषयमा कोर टिम रहेको बताएपछि अहिले त्यो कोर टिमका सदस्य को को हुन् रु भन्नेमा धेरैले आआफ्नै खाले अड्कलबाजी गरिरहेका छन् । उसो त श्रेष्ठ स्वयंले पनि कोर टिम भन्नाले को को हो रु खुलाएका छैनन्।
रास्वपा स्रोतकाअनुसार आफुलाई स्पष्टीकरण नसोधि निलम्बन गरिएको र संसदमा आफ्नै पार्टी सांसद सन्तोष परियारले माफी मागेको विषयमा श्रेष्ठको चित्त दुखाई छ । पार्टीको आन्तरिक बैठकमा श्रेष्ठले आफुलाई खेद्न खोजिए कोर टिमको रहस्य खोलिदिने बताएपछि रास्वपामा अडियो प्रकरण तै चुप मै चुप हुने चर्चा पनि शुरु भएको छ ।
अडियो काण्डपछि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सांसद बनाउन र मन्त्री बनाउँदा सभापति लामिछानेको कोर टिमले आर्थिक लेनदेन गरेको हुनसक्ने भन्दै शंकाको दृष्टिकोणले हेरिएको छ । तर, सभापति लामिछानेले घटना सार्वजनिक भएलगत्तै दोषि भए नछाड्ने कडा चेतावनी दिइसक्नुभएको छ ।
यसलाई कतिपयले आर्थिक सुशासन र पारदर्शीताको नारा दिएको स्वतन्त्र पार्टीका लागि आफुलाई पुष्टि गर्ने अवसर भनेका छन् । अहिले कोर टिम भनेर प्रश्न उठेका बेला सभापति लामिछानेले आफु निकट भनेर चिनिएकाको बैंक व्यालेन्स सार्वजनिक गरेर जवाफ दिन सक्छन् त ? प्रश्नहरु नआउँदै जवाफ फर्काइहाल्ने लामिछानेले आफ्नो कोर टिम अनियमिततामा संलग्न छैन भनेर देखाउने बलियो प्रमाण निकटस्थको बैंक खाता हो ।
लामिछाने आफ्नो र कोर टिमको बैंक व्यालेन्स सार्वजनिक गर्न लामिछानेले सक्लान् ? अहिले चासोका साथ हेरिएको छ । लामिछानेले यदि कोर टिमको बैंंक व्यालेन्स सार्वजनिक गरिदिए भने अहिले श्रेष्ठलाई देखाएर लामिछाने र उनका निकटवर्तीमाथि प्रश्न उठाउनेलाई गतिलो जवाफ हुनसक्छ।
यसले स्वतन्त्र पार्टीप्रति नागरिकमा रहेको शंका मात्र तोडिनेछैन, प्रश्न उठेपछि व्यवहारिक जवाफ दिनुपर्छ भन्ने उदाहरणका रुपमा रास्वपा मानक बन्न सक्छ । रास्वपाले एउटा समस्याले ल्याएको यो अवसरलाई प्रयोग गरेर आफुलाई खरो उतार्छ वा अन्य दलहरुजस्तै पार्टीभित्र छानविन समिति बनाउने र सासद श्रेष्ठलाई सामान्य पार्टी कारवाही गरेर चिसै पानीले नुहाउला ? हेर्न बाँकी छ ।
प्रतिक्रिया