Main News

सगरमाथा आरोहणका क्रममा तीन जना आरोही बेपत्ता

हिमालय टिभी
२०७९ चैत २९ गते १७:०८
सगरमाथा आरोहणका क्रममा तीन जना आरोही बेपत्ता

२९ चैत २०७९ काठमाडौं । सगरमाथामा तीन जना आरोही बेपत्ता भएका छन् ।

हराइरहेका आरोहीहरुमा दा छिरी शेर्पा, लाक्पा टेण्डी शेर्पा र लाक्पा रिता शेर्पा छन् । पर्यटन विभागका निर्देशक युवराज खतिवडाले उनीहरु बिहान साढे ९ बजेदेखि हराइरहेको बताउनुभयो ।

सगरमाथा बेस क्याम्प र क्याम्प वन को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको विभागले जनाएको छ। हेलिकप्टरमार्फत उनीहरुको खोजी भइरहेको छ ।

उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको निर्देशक खतिवाडाले जानकारी दिनुभयो । ती आरोही इमेजिन कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *