Main News

रौतहटको गरुडामा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीले चलायो गोली

हिमालय टिभी
२०७९ चैत २९ गते १६:५५
रौतहटको गरुडामा प्रदर्शनकारी र प्रहरीबीच झडप, प्रहरीले चलायो गोली

२९ चैत २०७९ रौतहट । रौतहटको गरुडा बजारमा प्रदर्शनकारी र प्रहरीबीच आज भएको झडपमा गोली लागि एक जना घाइते भएका छन् ।

स्थिति तनाबग्रस्त बनेपछि प्रहरीले १६ राउन्ड अश्रुग्यास, एसएलआर र राइफलले गोली प्रहार गरेको थियो । गरुडा नगरपालिका वडा नम्बर – ५ स्थित लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादवको दाहिने हातमा गोली लागि घाइते भएका हुन् ।

यादवलाई उपचारका लागि अस्पताल लागिएको छ । मेयरका उम्मेदवार दीपक यादवको टोलीले नगरपालिकाको कार्यालयमा ताल्चा लगाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । यादवको टोलीले सूचनाको माग गर्दै केही दिनदेखि नै नगरपालिपकाविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

प्रदर्शनकारीले नगरपालिकामा ढुङ्गामुढा गर्दा कार्यालयको गाडी र झ्यालको सीसासमेत फुटेको छ । नगरपालिकामा भएको कामको गतिविधिको सूचना माग्दै यादव आमरण अनसनसमेत बसेका थिए ।

झडपपछि यादव लगायत ४ जनालाई पक्राउ गरेको इलाका प्रहरी गरुडाले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो । गोलि कसले चलाएको यकिन हुन् सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *