विदेश

चिसोका कारण भूकम्प प्रभावितको जनजीवन कष्टकर

हिमालय टिभी
२०७९ माघ २७ गते ९:०८
चिसोका कारण भूकम्प प्रभावितको जनजीवन कष्टकर

२७ माघ २०७९ टर्की । टर्की र सिरियामा चिसोका कारण भूकम्प प्रभावितको जनजीवन कष्टकर बन्दै गएको छ ।

चिसोले गाँस, बास र पानी बिना बसिरहेका प्रभावितको जनजीवन थप कष्टकर बनेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । यसले उनीहरूको ज्यान झन् जोखिममा परेको भन्दै चिन्ता पनि व्यक्त गरिएको छ ।

भूकम्प गएको एक सय घण्टा भन्दा धेरै समय बितिसकेकाले अब जिउँदै उद्धार हुने सम्भावना निकै कम रहेको भन्दै मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीले बताएका छन् । अहिलेसम्म २० हजारभन्दा धेरै मृत्यु भएको बीबीसीले जनाएको छ ।

समाचार संस्था सीएनएनले भने मृतकको सङ्ख्या २१ हजारभन्दा बढी पुगेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले भूकम्पभन्दा अन्य प्रकोपका कारण सर्वसाधारणले अझ जटिल चुनौती सामना गर्नुपर्ने देखिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *