राजनीति

गोरखा–२ जितका लागि प्रचण्डलाई कति सहज, कति असहज ? (भिडियो रिपोर्टसहित)

२०७९ असोज ३० गते १८:१२
गोरखा–२ जितका लागि प्रचण्डलाई कति सहज, कति असहज ? (भिडियो रिपोर्टसहित)

३० असोज २०७९ काठमाडौं । २०७४ को निर्वाचनमा चितवन–३ बाट जित हासिल गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक गोरखा–२ बाट चुनावी मैदानमा हुनुहुन्छ ।

चितवन छोडेर गोरखा गएसँगै यसपटकको निर्वाचनमा नयाँ रेकर्ड बन्ने प्रचण्डको दाबी छ । तर प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार अब्दुस मियाँ भने आफ्नो सहज जित हुने दाबी गर्दै आउनु भएको छ । प्रचण्डलाई कति सहज छ त गोरखा–२ ?

गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिनु अघिसम्म यहाँबाट बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठमध्ये को उम्मेदवार बन्ला भन्ने चासो थियो । तर अन्ततस् प्रचण्ड चितवनबाट सुरक्षित निर्वाचन क्षेत्र खोज्दै गोरखा–२ पुग्नुभयो ।

प्रचण्डले भट्टराई र श्रेष्ठलाई साक्षी राख्दै यहाँबाट उम्मेदवारी दर्ता मात्रै गराउनु भएन, यसपटक नयाँ रेकर्ड बनाउने दाबी गर्नु भयो । प्रचण्डलाई यसअघिका हरेकजसो निर्वाचन चुनौतीपूर्ण हुने गरेकामा यसपटक सहज हुने अनुमान गर्न थालिएको छ । तर एमाले उम्मेदवार अब्दुस मियाँले भने प्रचण्डविरुद्ध आफूले सहज जित निकाल्ने दाबी गर्नु भएको छ ।

प्रचण्डका लागि गोरखा–२ कति सहज छ त ?
विगतका चुनावको नतिजा र उहाँविरुद्धका प्रतिस्पर्धीको उपस्थिति हेर्ने हो भने गोरखा–२ प्रचण्डका लागि सहज देखिन्छ । गठबन्धनको साझा उम्मेदवार हुनु र विगतमा पनि माओवादी केन्द्रको जनाधार बलियो हुनु, भट्टराई र श्रेष्ठको पूर्ण साथ हुनु जस्ता कारणले प्रचण्डका लागि गारेखा–२ अनुकुल देखिन्छ ।

मुख्य प्रतिस्पर्धी रहेको नेकपा एमालेलेबाट नयाँ अनुहार चुनावी मैदानमा भएका कारण पनि प्रचण्डका लागि सहज हुने अनुमान छ ।

गत स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धन निकट दलहरुले झण्डै ५२ हजार मत पाउँदा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकाहरुलाई जम्मा ६ हजार ५ सय मत प्राप्त भएको थियो ।

यहाँ एमालेका अब्दुश मिया बाहेक विभिन्न दल र स्वतन्त्र गरी प्रचण्डबाहेक ११ जनाको उम्मेदवारी छ । राप्रपाका सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी, नेपाली कांग्रेस बीपीबाट टीकादत्त पोखरेललगायत चुनावी प्रतिष्पर्धामा छन् ।

प्रचण्डविरुद्ध उम्मेदवारी दिएका मियाबाहेक अन्य उम्मेदवारले उल्लेखनीय मत ल्याउने संभावना नरहेकाले प्रचण्डका लागि गोरखा–२ अनुकुल नै देखिन्छ । तर चुनावी प्रतिष्पर्धा भएकाले प्रचण्डलाई बसीबसी जित्ने सुविधा भने रहने छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्