राजनीति

प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएपछि नेसपा अध्यक्ष भट्टराई खुसी

हिमालय टिभी
२०७९ असोज २२ गते ८:५४
प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएपछि नेसपा अध्यक्ष भट्टराई खुसी

२२ असोज २०७९ काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्नु महत्वको विषय भएको बताउनुभएको छ ।

सामाजिक सञ्जालमा विचार व्यक्त गर्दै भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ बाट चुनाव लड्न लागेकोमा प्रचण्डलाई बधाई तथा जितको शुभकामना दिनुभएको छ ।

हिजो माओवादी केन्द्रको बैठकले प्रचण्डलाई आगामी चुनावमा गोरखाबाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

‘नेपाल राज्यको उद्गमथलो लिगलिगकोटसमेत रहेको त्यस क्षेत्रबाट प्रचण्डको उमेदवारी निकै ठूलो साङ्केतिक महत्वको छ ।’ भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्