राजनीति

राष्ट्रपतिले संविधान मिचेर नयाँ प्रतिगमनको अभ्यास गरेको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ७ गते १६:३४
राष्ट्रपतिले संविधान मिचेर नयाँ प्रतिगमनको अभ्यास गरेको अध्यक्ष प्रचण्डको आरोप (भिडियो रिपोर्टसहित)

७ असोज २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले संविधान मिचेर नयाँ प्रतिगमनको अभ्यास गरेको आरोप लगाउनुभएको छ ।

पार्टी निकट किसान महासंघको कार्यक्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर प्रतिगमनको अभ्यास गरेको आरोप लगाउनुभएको हो । उहाँले गत वर्षदेखि नै नयाँ–नयाँ स्वरुपमा प्रतिगमन हुँदै आएको पनि बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधानको पालक र संरक्षकबाट नै संविधान खुलेआम मिच्ने काम भएको उल्लेख गर्नुभयो । यसकाविरुद्ध आन्दोलनमा उत्रिन पनि उहाँले आफ्ना कार्यकर्तालाई आह्वान गर्नुभयो ।

अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनको अभ्यास गरेको बताउँदै त्यसविरुद्ध आन्दोलनमा उत्रिएको स्मरण गर्नुभयो ।

अब पनि सडकमा उत्रिनुको विकल्प नभएको उहाँको भनाइ थियो । उहाँले वाम शक्ति बनाउने तयारी भइरहेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्