राजनीति

प्रचण्डलाई प्रश्न– भारतीय प्रधानमन्त्रीलाई भेट्छु भन्दै गएर किन ‘लुत्रुक्क’ परेर फर्किनु भा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २५ गते १७:३०
प्रचण्डलाई प्रश्न– भारतीय प्रधानमन्त्रीलाई भेट्छु भन्दै गएर किन ‘लुत्रुक्क’ परेर फर्किनु भा ? (भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिले नेपाल राष्ट्र र नेपाली जनताको शीर निहुरिएको टिप्पणी गर्नु भएको छ ।

नेपालमा एक पटक पनि नआउनु भएका तत्कालीन प्रधानमन्त्री सिन्जु आबे नेपालमा आएको बेला दुई, तीन पटक दुई मुलुकको हितको विषयमा कुरा भएको भनेर अध्यक्ष प्रचण्डले जापानमा अभिव्यक्ति दिएको भन्दै नेता भट्टराईले त्यसले सिंगो मुलुकको शीर निहुँरााएको बताउनु भएको हो ।

आज राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेता भट्टराईले पूर्वप्रधानमन्त्री र सत्तारुढ दलको जिम्मेवार नेता प्रचण्डले नेपाल भ्रमणमै नआउनू भएका आबेबारे अति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भारत भ्रमणको बेला पनि प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गर्नु भयो ।

नेता भट्टराईले भन्नुभयो, ‘गठबन्धनभित्रका एक जना सिनियर नेता उहाँ भारतको भ्रमण गर्नु भयो । उहाँले जापानको भ्रमण गर्नु भएको छ । तर कसरी भ्रमण गर्दै हुनुहुन्छ ? उहाँ के बोल्दै हुनुहुन्छ ? र, यसले हाम्रो देशको उचाईलाई, हाम्रो देशको राजनीतिलाई, परिवर्तनलाई कस्तो एउटा प्रभाव पारिराखेको छ ? ’

नेता भट्टराईले मूल्यवृद्धिले आहात भएका जनतालाई सुन्न र देख्न नसकेको भन्दै सरकारको चर्को आलोचनासमेत गर्नुभयो । दैनिक उपभोग्य खाद्यन्नमा एक वर्षमा सरकारले ११७ प्रतिशत वृद्धि गरेको उल्लेख गर्दै उहाँले आक्रोश समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्