राजनीति

जापानमा लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता निक्कइ र प्रचण्डबीच भेटवार्ता

हिमालय टिभी
२०७९ साउन २४ गते १५:१२
जापानमा लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता निक्कइ र प्रचण्डबीच भेटवार्ता

२४ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं पूर्वअर्थ, व्यापार तथा उधोगमन्त्री तोसिहिरो निक्कइसँग भेट गर्नुभएको छ ।

जापान भ्रमणमा रहेका नेता प्रचण्डले आज टोकियोमा जापानी नेता निक्कइसँगको भेटमा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्नेबारे छलफल गर्नुभयो ।

भेटमा नेपालको कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पाँच दिने भ्रमणका लागि जापान पुगेका नेता प्रचण्डले अधिकांश समय नेपाली समुदायसँग विताउनु भएको छ ।पार्टी एक्लै चुनावमा जाने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्