राजनीति

अर्थमन्त्री विवाद प्रकरणमा अध्यक्ष प्रचण्ड किन मौन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ जेठ ३१ गते २०:५५
अर्थमन्त्री विवाद प्रकरणमा अध्यक्ष प्रचण्ड किन मौन ? (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७९ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा अहिले बजेट बनाउने क्रममा बदमासी गरेको भन्दै विवादमा तानिनु भएको छ । शर्माका कारण पटक पटक उहाँको पार्टी माओवादी केन्द्रमाथि समेत प्रश्न उठिरहँदा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मौनताले भने आश्चर्यमा पारेको छ ।

गठबन्धन सरकार बन्ने बेलामा अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयमा माओवादीभित्र अलमल रहेकै बेला शर्माले बाजी मार्नुभयो । पूर्वअर्थमन्त्री रहिसकेका वर्षमान पुनलाई पछि पार्दै अर्थमन्त्री बन्न सफल शर्माको कार्यकाल भने सफलता उन्मुख देखिँदैन ।

राष्ट्र बैंकका गभर्नर प्रकरणमा होस् वा आर्थिक संकटमा समाधानका लागि कुनै पहल नगरेको आरोप शर्मामाथि लाग्दै आयो । अहिले फेरि बजेट निर्माणको क्रममा राजस्व हेरफेरको जिम्मा अनधिकृत व्यक्तिलाई दिएको विषयले शर्माको सर्वत्र आलोचना भइरहेको छ । यति गम्भीर आरोप लाग्दा पनि माओवादी केन्द्रका नेताहरू शर्माको बचाउ गर्न छाड्दैनन ।

यसले कतै अध्यक्ष प्रचण्ड र सत्तारूढ दलका शीर्ष नेताहरू नै यो प्रकरणमा सामेल त छैनन् भन्ने प्रश्न उठ्ने गरेको छ । शर्माले पार्टीको छवि धुमिल बनाएको भन्दै माओवादी भित्रै पनि अर्थमन्त्री फेर्नुपर्ने चर्चा नचलेको होइन ।

शर्मालाई अर्को मन्त्रालयमा लैजाने वा उनलाई फिर्ता बोलाएर वर्षमान पुन अनन्तलाई अर्थमन्त्री बनाउनुपर्ने विषय माओवादीभित्र चलिरहे पनि आकार लिन सकेन । माओवादी संसदीय दलका नेता प्रचण्ड मौन बसिदिंदा भित्रभित्रै असन्तुष्टि रहेपनि माओवादी शर्माको विषयमा तैं चुप मै चुपको अवस्था छ । युद्द कालदेखिनै प्रचण्डको प्रिय रहेका शर्माको कमजोरीमा पनि प्रचण्डले किन आँखा चिम्लिरहेका छन् त रु

दलीय व्यवस्थामा दलबाट मन्त्री बनेकाहरुको सफलता वा असफलताको हिस्सा जुन दलबाट प्रतिनिधित्व गरेको हो सोही दलको भागमा पर्छ नै । शर्माले अर्थमन्त्रीका रुपमा गल्ती गर्दा देशको अर्थतन्त्रमा पर्ने असरको प्रतिक्रिया शर्मालाई त पर्छ नै, उहाँको पार्टी माओवादी केन्द्रले पनि अपजसको भारीबाट मुक्ति पाउँने छैन ।

पार्टीलाई क्षती भएपनि प्रचण्डले शर्मालाई बोकिरहलान् वा अर्को कुनै विकल्प खोज्लान् चासोका साथ हेरिएको छ । त्यति मात्र होइन, सरकारको नेतृत्व गरेका प्रधानमन्त्री शेरबहादुर देउवामाथि पनि प्रश्न उठ्छ नै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्