राजनीति

प्रचण्डले गठबन्धनले कारबाही गरेका बागी उम्मेदवारलाई भोट मागे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ वैशाख २६ गते १९:१२
प्रचण्डले गठबन्धनले कारबाही गरेका बागी उम्मेदवारलाई भोट मागे (भिडियो रिपोर्टसहित)

२६ वैशाख २०७९ कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कैलालीको कैलारी गाउँपालिका पुगेर गठबन्धनले कारबाही गरेका उम्मेदवारलाई भोट माग्नु भएको छ ।

हसुलिया बजारमा चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनबाट कारवाहीमा परेकी उम्मेदवार लक्ष्मी सत्गौवा थारूलाई भोट माग्नु भएको हो ।

सभामा प्रचण्डले नेपाली कांग्रेसले गठबन्धनलाई धोका दिन थालेको आरोप लगाउनुभयो । अझै पनि धेरै ठाउँमा गठबन्धन प्रष्ट नभएको उहाँको भनाइ छ ।

सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो ।

तर सहमति तोड्दै काग्रेसले अध्यक्षमा राजसमझ चौधरीलाई उठाएको छ भने माओवादीले लक्ष्मी सत्गौवा थारुलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्