विदेश

गर्भपतनसम्बन्धी कानून रद्द गर्ने दस्तावेज सही भएको अमेरिकी सर्वोच्च अदालतको दाबी

हिमालय टिभी
२०७९ वैशाख २१ गते ७:४७
गर्भपतनसम्बन्धी कानून रद्द गर्ने दस्तावेज सही भएको अमेरिकी सर्वोच्च अदालतको दाबी

२१ वैशाख २०७९ न्युयोर्क । अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी कानून रद्द गर्ने दृष्टिकोण समेटिएको आफ्नो चुहिएको दस्तावेज सही भएको बताएको छ ।

लाखौं अमेरिकी महिलाले गर्भपतनको कानूनी अधिकार गुमाउन सक्ने दस्तावेज वास्तविक भएको सर्वोच्चका प्रधानन्यायाधीशले पुष्टि गरेका हुन् । तर यही नै सर्वोच्चको अन्तिम निर्णय भने नभएको प्रधानन्यायाधीश जोन रोबर्टसको भनाइ छ ।

गोप्य दस्तावेज चुहिएपछि सर्वोच्चले यसबारे छानबिन थालेको छ । यसअघि गर्भपतन अधिकारसम्बन्धी राष्ट्रव्यापी कानून उल्ट्याइदिन सक्ने विवरण भएको सर्वोच्चको एउटा मस्यौदा चुहिएपछि पूरै अमेरिकालाई स्तब्ध बनाइदिएको थियो ।

पोलिटिकोमा प्रकाशित ९८ पृष्ठको दस्तावेजमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय अत्यन्त गलत भएको लेखेका थिए ।

अब सर्वोच्चले रोविरुद्ध वेड मुद्दाको निर्णयलाई उल्टाएमा २२ राज्यमा गर्भपतन गैरकानूनी हुनेछ । तर जुलाई महिना अघि यस विषयमा निर्णय नआउने अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

निर्णय अघि बढे यसले अन्य धेरै स्वतन्त्रताहरुमा प्रश्न चिन्ह खडा गर्ने राष्ट्रपति जो बाइडेनको तर्क छ । दस्तावेज चुहिएसँगै डेमोक्रेट्सले यसको विरोध गरेका छन् भने सर्वोच्च अगाडि गर्भपतन अधिकारको पक्ष र विपक्षमा प्रदर्शन भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *