विदेश

राष्ट्रसंघका महासचिवले नै किन गरे सुरक्षा परिषद्को आलोचना ?

हिमालय टिभी
२०७९ वैशाख १६ गते ७:५३
राष्ट्रसंघका महासचिवले नै किन गरे सुरक्षा परिषद्को आलोचना ?

१६ वैशाख २०७९ युक्रेन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रसंघ सुरक्षा परिषद्को आलोचना गरेका छन् ।

युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किभ पुगेका गुटरेसले युक्रेन युद्ध रोक्न सुरक्षा परिषद् असफल भएको भन्दै आफ्नै संगठनको आलोचना गरेका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै गुटरेसले सुरक्षा परिषदमा पक्षपातपूर्ण व्यवहार भएको स्वीकार गरे ।

गत फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेदेखि यसलाई रोक्न असफल भएको भन्दै युक्रेनलगायतले सुरक्षा परिषद्को आलोचना गरेका छन् । रुस सुरक्षा परिषदको पाँच स्थायी सदस्यमध्ये एक हो ।

यसले युक्रेन युद्धलाई लिएर एकभन्दा बढी प्रस्तावविरुद्ध भिटो प्रयोग गरेको छ । राष्ट्रपति जेलेन्स्कीले गुटरेसले युक्रेनमा रुसले गरेका सबै युद्ध अपराध देख्ने अवसर पाएको बताए। गुटरेसले रुसले युद्ध अपराध गरेको आरोप लागेका विभिन्न क्षेत्रको भ्रमण गरेका थिए ।

राष्ट्रसंघका महासचिव गुटरेसको भ्रमणको क्रममा किभ आसपास रुसले रकेट आक्रमण गरेको थियो । गुटरेस रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता पछि किभ पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *