विदेश

इम्यानुएल दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

हिमालय टिभी
२०७९ वैशाख १२ गते ९:३५
इम्यानुएल दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

१२ वैशाख २०७९ पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ ।

हिजो भएको निर्वाचनमा म्याक्रोले ५८ दशमलव ५५ प्रतिशत मत प्राप्त गर्नुभएको हो । म्याक्रोले आफ्नो निकटतम प्रतिद्वन्द्वी मरिन ले पेनलाई पराजित गर्दै जित हात पार्नुभएको हो । मरिनले ४१ दशमलव ५८ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।

फ्रान्सको राष्ट्रपतिका लागि भएको निर्वाचनमा यस पटक ७२ प्रतिशत मत खसेको छ । जुन १९६९ पछिको हालसम्मकै कम मत हो । म्याक्रो राष्ट्रपतिमा निर्वाचित भएपछि युरोपिय मुलुकहरूले बधाई दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *