रुसद्वारा युक्रेनका विभिन्न शहरमा भिषण आक्रमण

५ वैशाख २०७९ युक्रेन । रुसले युक्रेनका विभिन्न शहरमा भिषण गोलाबारी र हवाई आक्रमण गरेको छ ।
रुसी सेनाले मध्य खार्किभमा रहेको भवनमा गोलाबारी गर्दा पाँच जनाको मृत्यु भएको छ । १३ जना घाइते भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
ओडेसाको बन्दरगाह नजिकैको माइकोलाइभमा लगातार रकेट आक्रमणहरू भएका छन् । रुसी सिमाना नजिकैको उत्तरपूर्वी शहरमा यसअघिका रुसी आक्रमणबाट नै क्षतिग्रस्त भएका थिए ।
राजधानी किभबाट पछि हटेर रुसी सेनाले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा आक्रमण तीब्र पारेको हो । युक्रेनी र रुसी सेनाहरू त्यहाँ निर्णायक युद्धको तयारीमा रहेको बताइएको छ ।
यता रुसी सेनाको नियन्त्रणमा रहेको दाबी गरिएको मारिओपोलमा युक्रेनी सेनाले आत्मसपर्मण गर्न दिइएको समयसीमाको बेवास्ता गरेका छन् । युक्रेनले मारिओपोलमा अन्तिमसम्म लडने जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न देशको पूर्वमा रहेको भूभाग नछोड्ने बताएका छन् ।
प्रतिक्रिया