राजनीति

अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्षद्वय भट्टराई र यादवबीच छलफल

हिमालय टिभी
२०७९ वैशाख ४ गते १७:०७
अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्षद्वय भट्टराई र यादवबीच छलफल

४ वैशाख २०७९ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच आसन्न स्थानीय निर्वाचन तह निर्वाचनबारे छलफल भएको छ ।

सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र जसपा अध्यक्ष उपेन्द्र यादवबीच समसामयिक विषयमा छलफल भएको हो ।

छलफलपछि अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको प्रतिक्रिया दिनुभयो । स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने निर्णय गरेको भए पनि कतिपय स्थानीय तहमा सत्तारुढ दलबीच गठबन्धन बन्न सकेको छैन ।

गठबन्धनको सम्बन्धमा विभिन्न अड्कलवाजीहरु भइरहेका बेला गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको अनुपस्थितिमा दुई दलबीच छलफल भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *