विदेश

युक्रेनको मारिओपोल शहर नियन्त्रणमा लिएको रुसको दाबी

हिमालय टिभी
२०७९ वैशाख ४ गते ७:०८
युक्रेनको मारिओपोल शहर नियन्त्रणमा लिएको रुसको दाबी

४ वैशाख २०७९ मस्को । रुसले रणनीतिक रुपमा महत्वपूर्ण मानिएको युक्रेनको मारिओपोल शहर नियन्त्रणमा लिएको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयले शहर पूर्ण रुपमा खाली भएको र शहर आसपास सानो समूहमा रहेका युक्रेनी लडाकुहरुलाई आत्मसमर्पण गर्न भनिएको जनाएको छ ।

आत्मसमर्पण गर्नेहरुलाई जेनेभा महासन्धी अनुसार व्यवहार गरिने उल्लेख गरिएको छ ।

यता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोलमा फसेका युक्रेनी लडाकुहरूको ज्यान लिए रुससँगको वार्ता अन्त्य हुने चेतावनी दिएका छन् ।

उनले मारिओपोलको अवस्था अमानवीय रहेको भन्दै आफ्ना नागरिकलाई रुसी सेनाबाट बचाउन सहयोगी अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

राजधानी किभबाट पछि हटेपछि रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रीत गरिरहेको छ ।

यता रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनल र अन्य वरिष्ठ मन्त्रीहरुलाई रुस प्रवेशमा रोक लगाएको छ । युक्रेनमा रुसी आक्रमण लगत्तै बेलायतले रुसमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *