विदेश

अमेरिकाले युक्रेनलाई हतियार दिइरहे गम्भीर परिणाम भोग्नुपर्ने रुसको चेतावनी

हिमालय टिभी
२०७९ वैशाख ३ गते ७:३५
अमेरिकाले युक्रेनलाई हतियार दिइरहे गम्भीर परिणाम भोग्नुपर्ने रुसको चेतावनी

३ वैशाख २०७९ मस्को । रुसले अमेरिकाले युक्रेनलाई हतियार दिइरहे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

युक्रेनको गैरजिम्मेवार सैन्यीकरण रोक्न आह्वान गर्दै रुसले यसलाई नरोके गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएको हो । युक्रेनलाई हतियार दिँदा यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणाम निम्त्याउने रुसको तर्क छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनलाई हतियार आपूर्ति गर्ने बारे अमेरिका र अन्य राष्ट्रहरूलाई कूटनीतिक नोट पठाएको पुष्टि गरेका छन् ।

युक्रेनमाथि रुसले आक्रमण शुरु गरेयता अमेरिका लगायतका पश्चिमा मुलुकले ठूलो परिमाणमा हातहतियार सहयोग गरेका छन् ।

यता रुसी सेना फिर्ता भएपछि युक्रेनको राजधानी किभ आसपासबाट नौ सय भन्दा बढी सर्वसाधारणको शव फेला परेको क्षेत्रीय प्रहरी प्रमुख एन्ड्री नेबिटोभलेले बताएका छन् ।

उनले ती शवहरू सडकमा छाडिएको वा अस्थायी रूपमा गाडिएको बताए। यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसलाई आतंकवाद प्रायोजित गर्ने मुलुकको सूचीमा राख्न अमेरिकालाई आग्रह गरेका छन्।

अमेरिकाले तयार पारेको आतंकवाद प्रायोजित गर्ने मुलुकको सूचीमा हाल उत्तर कोरिया, क्युवा, इरान र सिरिया गरी चार देश छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *