विदेश

युक्रेनसँगको शान्ति वार्तामा अवरोध आएको रुसी राष्ट्रपति पुटिनको प्रष्टीकरण

हिमालय टिभी
२०७८ चैत ३० गते ८:०२
युक्रेनसँगको शान्ति वार्तामा अवरोध आएको रुसी राष्ट्रपति पुटिनको प्रष्टीकरण

३० चैत २०७८ मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको शान्ति वार्तामा गतिरोध आएको बताएका छन् ।

युक्रेनको राजधानी किभ आसपासबाट रुसी सेना पछि हटेपछि वार्ताका विषयमा पुटिनको पहिलो प्रतिक्रिया आएको हो । उनले युक्रेनले रुसविरुद्ध युद्ध अपराधको झुठो आरोप लगाइरहेको दाबी समेत गरे ।

रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनमा रुसी भाषीको सुरक्षाका लागि सैन्य अभियान जारी राख्ने स्पष्ट पारें । उनले रुसको सुरक्षा सुनिश्चितताका लागि अतिरिक्त माग राखेका छन् ।

युक्रेनका राष्ट्रपतिका सल्लाहाकार मिखाइलो पोदोलेकले भने रुससँगको लेनदेनको विषयका कारण गतिरोध देखिए पनि वार्ता जारी रहेको बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तानाशाह भन्दै उनले युक्रेनमा नरसंहार मच्चाएको आरोप लगाएका छन् । तर यस विषयमा अन्तर्राष्ट्रिय रुपमा निर्णय गर्ने जिम्मा कानुनका ज्ञाताहरुलाई दिने भन्दै बाइडेनले तर आफुलाई भने रुसले युक्रेनमा नरसंहार मच्चाएको लागेको बताए ।

अमेरिकी अधिकारीहरुले भने रुसले युद्ध अपराध गरेको आरोप लगाए पनि आधिकारिक रुपमा नरसंहार मच्चाएको भनेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *