विदेश

रुसले युक्रेनको पूर्वी क्षेत्रमा ठुलो सैन्य कारवाही गर्न किभको दाबी

२०७८ चैत २९ गते ८:०४
रुसले युक्रेनको पूर्वी क्षेत्रमा ठुलो सैन्य कारवाही गर्न किभको दाबी

२९ चैत २०७८ मुम्बई । रुसले युक्रेनको पूर्वी क्षेत्रमा ठूलो सैन्य कारवाही गर्न लागेको किभले दाबी गरेको छ ।

उत्तरी युक्रेनबाट सेना फिर्ता भएपछि रुसले आफ्नो मुख्य उद्देश्य पूर्वी युक्रेन भएको जनाएको थियो । रुसले डोनबास क्षेत्र भनेर चिनिने भूभागको ठूलो हिस्सा रुस समर्थक पृथकतावादी लडाकुलाई सुम्पन माग गरिरहेको छ।

वाशिंगटनले डोनबास क्षेत्रमा रुसले आफ्नो सेनालाई बलियो बनाउन कोशिस गरिरहेको जनाएको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले कुनै पनि नयाँ चरणको वार्ताका लागि लडाइँ रोक्न नसक्ने बताएका छन्।

रूसले डोनबासमा कब्जा अघि मुख्य पूर्वी बन्दरगाह शहर मारिओपोललाई घेराबन्दी गरेको छ । त्यहाँबाट सात हप्ताभित्र हजारौं मानिस पलायन भएका छन्।

मारिओपोल कब्जा गरे रुसलाई आफुले कब्जा गरेको युक्रेनसंग क्राइमियासँग मार्ग खुल्ने छ । यता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिण कोरियाको संसदलाई भर्चुअल सम्बोधन गर्दै मारिओपोलमा दशौं हजार मानिस मारिएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *