बेलायती प्रधानमन्त्री जोनसन अचानक किन पुगे युद्धग्रस्त युक्रेन ?
२७ चैत २०७८ युक्रेन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अत्यासित रुपमा युद्धग्रस्त मुलुक युक्रेन पुगेका छन् ।
बेलायती प्रधानमन्त्री जोनसन रुसले ४५ दिनदेखि आक्रमण गरिरहेको युक्रेनको राजधानी किभ पुगेका हुन्।
किभमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै उनले युक्रेनी नागरिकले देखाएको बहादुरीको प्रशंसा गर्दै थप सैन्य सहायता दिने बताए ।
जोन्सनलाई जेलेन्स्कीले राजधानी किएभका सडकको भ्रमण गराएका थिए। जोनसन पूर्व जानकारी बिना नै युक्रेन पुगेका हुन् । जेलेन्स्कीसँग वार्ताको तस्बिर सार्वजनिक भएपछि मात्रै उनी किभमा रहेको खुलेको थियो ।
रुसी सेनाले युक्रेनमा गत फेब्रुअरी २४ देखि आक्रमण जारी राखेको छ । मार्च २९ बाट किभ नजिकबाट आफ्ना सेना हटाएको रुसले पूर्वी युक्रेनमा आक्रमण केन्द्रित गरेको छ।
प्रतिक्रिया